CAMBRIDGE PUBLIC SCHOOL

किसानद्धारा बरिष्ठ कृषि अधिकृत जोशी सम्मानित

३० किलोको फुलमाला र बाजागाजा सहित बजार परिक्रमा

हिक्मत सिंह
डडेल्धुरा । डडेल्धुराका किसानहरुले प्रधानमन्त्री आधुनिकिकरण परियोजना ईकाई डडेल्धुराका कार्यालय प्रमुखलाई अभिनन्दन गर्नुभएको छ । विगत ५ वर्षदेखी आलु सुपरजोनको क्षेत्रमा कामगर्दै आउनु भएका बरिष्ठ कृषि अधिकृत खेमराज जोशीलाई किसानहरुले आईतबार ३० किलोको माला, अबिर, बाजागजा सहित जिल्ला सदरमुकाम बागबजार परिक्रमा गरानु भएको थियो ।

कृषि क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरुले जोशीलाई सम्मान कार्यक्रमको आयोजना मार्फत अभिनन्दन गर्नुभएको हो । जोशी कार्यालय प्रमुख भएयता आलुखेतीमा नयाँ आयाम आएको छ । आलुसुपरजोन मार्फत प्रविधी प्रर्दशन, मल्चिङ प्रविधीबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरुलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रुपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरु लगायत नवदुर्गा गाउँपालिकामा समेत वृहत आलुखेती तर्फ किसानहरु व्यवसायिक बन्नु भएको हो ।


अमरगढी नगरपालिका – १ को ठुलखालीमा करिब ८० रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा करिव १ सय ५० क्विन्टल भन्दा बढी आलु बर्षेनी उत्पादन हुने गरेको किसान दत्तराज अवस्थिले बताउनुभयो । जोशी सरको सहयोगमा जिल्लामा नै आलुको मुल विउ उत्पादन, प्रशोेधन प्रविधि भित्रिएको अवस्थीले बताउनुभयो । करडौको लगानीमा निर्माण गरिएको उग्रतारा शित भण्डारमा अहिले आलुको विउ राख्ने किसानको सख्यामा वृद्धि भएको उग्रतारा शित भण्डारका संचालक लालमण्ी पन्तले बताउनुभयो । आलुसुपरजोन मार्फत किसानहरुले आलु उत्पादन बढाएपछि शित भण्डारमा क्षमता भन्दा बढी आलु भण्डारणका लागी आउने गरेको पन्तले बताउनुभयो ।
डडेल्धुरा जिल्लाको आलुखेतीमा नयाँ क्रान्ति ल्याएकाले जोशीलाई फुलमाला र बाजागाजा सहित सम्मान गरिएको अगुवा किसान पदम ऐर बताउनुभयो । जोशीले उत्प्रेरण दिएपछि हाल आफ्नो श्रमबाहेक ३० लाख रुपियाँ लगानी गरेर सुरु गरेको आलुखेतीबाट उत्पादन सुरु भएको तीन महिनामै लगानी उठाउन सफल भएको उहाँले बताउनुभयो ।
जोशीको सम्मानले आगामी कार्यालय प्रमुखलाई पनि किसानको पक्षमा काम गर्दा सम्मान पाउने सकारात्मक सन्देश गएको उग्रतारा शित भण्डारका अध्यक्ष भोजराज भट्टले बताउनुभयो । छोटो समयमा कृषि उत्पादनका साथसाथै जिल्लाका विभिन्न ठाँउमा बाजो रहेको ३ सय हेक्टर जमिनमा आलुखेती गराउन सफल हुनु भएका जोशीलाई किसानहरुले खुसी भएर नै सम्मान गरेको भट्टले बताउनुभयो ।
नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष निर्मला बागटीले असल कर्मचारीको बिदाईले जिल्लाका किसानहरुलाई घाटा रहेको बताउनुभयो । किसानहरुको असल अभिभावकको संज्ञादिदै उपाध्यक्ष बोगटीले भन्नुभयो, हिजो पाँच किलो आलु रोप्ने किसान अहिले ५ क्विन्टल आलु रोपेर आलुखेती गर्दै आउनु भएको छ । आलु उत्पादन हिजो भन्दा तेब्बरले वृद्धि भएको छ, यसको बजारिकरण र व्यवस्थापनको जिम्मा अब पालिकाले लिन्छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख खेमराज जोशीका अनुसार चालुवर्षमा आलुखेती गर्ने किसानहरुको संख्या विगत भन्दा तेब्बरले वृद्धि भएको जनाइएको छ । डडेल्धुराबाट विदाई भएसंगै जोशी अध्ययनका लागी दुईवर्ष अष्ट्रेलिया जाने कार्यक्रम तय भएको छ ।

Leave A Reply

Your email address will not be published.