बोहरा मेडिको सेन्टर

नवदुर्गामा परशुराम च्याम्पियन, जित्यो अध्यक्ष कप

dream cafe
learnar

डडेलधुरा : डडेलधुराको नवदुर्गा गाउँपालिकामा आयोजित अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवदुर्गा गाउँपालिका–१ लाई ३–० को सोझो सेटमा पराजित गर्दै परशुरामले उपाधि जितेको हो ।

CNA

उपाधिसँगै परशुरामले दुई लाख दुई हजार २२ रुपियाँ नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेको छ ।

Afano fm

प्रतियोगितामा उपविजेता बनेको नवदुर्गा गाउँपालिका–१ ले एक लाख ५१ हजार ५१ रुपियाँ पुरस्कार प्राप्त गर्दा तेस्रो भएको आयोजक नवदुर्गा गाउँपालिकाको टोलीले ७७ हजार ७०७ रुपियाँ प्राप्त गरेको छ ।

तीनवटै स्थान हासिल गर्ने टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

नवदुर्गा गाउँपालिका–१ स्थित चोरा खेलमैदानमा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले खेलकुदले प्रतिस्पर्धा, अनुशासन र सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले गाउँपालिकाले आगामी दिनमा पनि खेलकुदका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Ddl dental
Leave A Reply

Your email address will not be published.