

बाजुरा : चितुवाको आक्रमणबाट बाजुराका दुई महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा बुढीगङ्गा –१० सिगाडा बस्ने अन्दाजी ५५ वर्षीया खन्टि साउद र ३५ वर्षीया बसु साउद छिन् ।

आज बिहान दुवै जना गाउँ नजिकैको घोडा धपाउँने वनमा घाँस काट्न गएको बेला वनमा चितुवा एक्कासी आएर आक्रमण गरेपछि गभ्मीर घाइते भएका हुन् ।

चितुवाले आक्रमणबाट खन्टि साउदको बाया हात र बासु साउदको दुवै खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गगनसिह भाटका अनुसार घाईते दुर्व जनालाई उपचारको लागि बयालपाटा प्रादेशिक अस्पताल अछाममा लगिएको बताए ।

