बोहरा मेडिको सेन्टर

दार्चुलाको अपि हिमाल गाउँपालिका सडक सञ्जालसँग जोडियो

dream cafe
learnar

डडेल्धुरा : दार्चुलाको अपि हिमाल गाउँपालिका सडक सञ्जालसँग जोडिएको छ ।

हालसम्म सडकमार्गले नछोएको यहाँको अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा आज गाडी पुगेको हो ।

CNA

गाउँपालिकाको सदरमुकाम रहेको खण्डेश्वरीमा पहिलो पटक सडक पुगेको छ।

Afano fm

सडक पहुँच विस्तारसँगै स्थानीयको आवागमनमा सहजता हुनुका साथै विकास निर्माण, सेवा प्रवाह र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पर्ने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो ।

गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ।

सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अपि हिमाल गाउँपालिका परिवारले निर्माण कार्यमा योगदान गर्ने निर्माण व्यवसायीलाई स्थानीय सम्मान समेत गरेको छ।

पहिलो चरणमा पालिका केन्द्रसम्म अस्थायी ट्रयाक खुलाएको छ। सडकको ट्रयाक पुगेपछि गाउँपालिकाको केन्द्रमा जिप पुगेको छ ।

यो सँगै यहाँका नौ वटै स्थानीय तहको केन्द्रसम्म सडक विस्तार भएको छ । सवारीसाधन सञ्चालनमा आएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.