बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ह्वाट्सएपमा पैसा माग्न थालेपछि…

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ।

मुख्यमन्त्रीको पहिचान प्रयोग गर्दै ह्याकरहरूले विभिन्न व्यक्तिहरूसँग रकम माग गरिरहेको फेला परेको छ ।

CNA
GBL NEW

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले एक प्रेस नोट जारी गर्दै मुख्यमन्त्रीको ह्वाट्सएपमा अनधिकृत पहुँच पुर्‍याइएको पुष्टि गरेका छन्। खनालका अनुसार ह्याकरले मुख्यमन्त्रीको सम्पर्कमा रहेका व्यक्तिहरूलाई मेसेज पठाउँदै आर्थिक सहयोगको माग गरिरहेका छन्।

‘मुख्यमन्त्रीज्यूको ह्वाट्सएप ह्याक गरी रकम माग भइरहेको बुझिएको छ। कसैले पनि यस्तो मेसेजका भरमा रकम नपठाउनुहुन विनम्र अनुरोध गर्दछौँ,’ खनालले भने।

यस घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकिएको समेत सचिवालयले जनाएको छ।

पछिल्लो समय उच्च पदस्थ व्यक्ति र सर्वसाधारणको समेत सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्ने गिरोह सक्रिय रहेकाले डिजिटल सुरक्षामा सजग रहन साइबर विज्ञहरूले सुझाव दिएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.