रास्वपामा मन्त्रीको ‘फाइनल लिस्ट’ आज

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजै मन्त्रीहरूको नाम टुंग्याउने तयारी गरेको छ।

बिहीबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको बैठकले विधान संशोधन गर्दै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेतामा चयन गरेको थियो।

GBL NEW

अब शुक्रबार हुने प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी भइरहेको छ। त्यसअघि सभापति रवि लामिछाने र संसदीय दलका नेता शाह मन्त्री चयनको अन्तिम टुंगो लगाउन गहन छलफलमा जुटेका छन्।

बैठक सकिएलगत्तै लामिछाने र शाह सँगै बाहिरिएका छन्। पार्टीका एक पदाधिकारीका अनुसार उनीहरू गोप्य छलफलका लागि निस्किएका हुन्, तर बैठकको स्थान भने सार्वजनिक गरिएको छैन।

मन्त्री बन्ने आकांक्षी धेरै भएकाले अन्तिम निर्णय सहज छैन। स्रोतका अनुसार यसअघि उम्मेदवार चयनमा अपनाइएको ६०–४० को भागबन्डा नै मन्त्री चयनमा पनि लागू हुन सक्ने सम्भावना छ।

यद्यपि, अहिलेसम्म कुनै पनि नाम औपचारिक रूपमा तय भइसकेको छैन। बाहिर चर्चामा आएका नामहरूलाई ‘सतही’ भन्दै पार्टीभित्रै अन्तिम निर्णय शीर्ष नेतृत्वबाटै हुने संकेत दिइएको छ।

आज  रातिसम्म मन्त्रीहरूको सूची टुंग्याएर शुक्रबारको शपथका लागि तयारी पूरा गर्ने रास्वपाको योजना रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.