मान्छेको असन्तुष्ट मन !

dream cafe
learnar
  • समीक्षा बोहरा

मान्छेका आँखामा कहिले पूरा हुँदैन संसार,
आजको खुसी भोलि पुग्दैन मनको प्यार।

GBL NEW

नयाँ सपना, नयाँ चमक,
तर पुरानो मन सधैं खाली, कहिले भरिँदैन।

सन्तोष एक मौन फूल जस्तो हो,
हावामा फुल्ने, तर हामीले पाउँदैनौं।

भोलि चाहिन्छ त्यो,
पर्सि त्यो,
मन भन्छ,
“कहिले सन्तुष्ट हुन्छु मरु”

गाडी नयाँ, कपडा नयाँ, घडी चम्किलो,
तर मनको माग कहिले थामिँदैन।

साँचो खुशी आजको हाँसोमा,
आजको साथीमा,
साँझको चुपचापमा।

असन्तुष्ट मन सधैं दौडमा रहन्छ,
तर थोरै हाँसो, थोरै धन्यवाद,
थोरै शान्ति भित्र पस्छ,
त्यो भोकलाई स्थिरता दिने,
सानो,
सुन्दर कदम।

र जब हामीले थोरै थाम्छौं,
थोरै हेर्छौं आजलाई,
त्यो बेलामा मात्र
सन्तोष मुस्कुराएर भन्छ,
“यहाँ पनि जीवन छ,
र मैले पाएको छु।”

लेखक बोहरा ऐश्वर्य विद्या निकेतन, धनगढीमा कक्षा ११ मा अध्ययनरत छिन्।

 

 

Ddl dental
Leave A Reply

Your email address will not be published.