रास्वपाबाट रवि मन्त्री, एमाले र जसपाबाट कोको बन्दैछन् ?

dream cafe
learnar

काठमाडौँ : सत्ता गठबन्धन भत्किने भएपछि एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ।

जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन्। एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ।

त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ।

आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाइ छ। यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.