डडेल्धुरामा राप्रपाले गर्‍यो ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराले “शिक्षा र राप्रपा” विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ।

आज जिल्ला सदरमुकाममा उक्त कार्यक्रम आयोजित गरिएको हो।

Amargadhi Education

जिल्ला अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि राप्रपा शिक्षा विभाग प्रमुख डा राजेश गिरी रहेका थिए।

अजयमेरु फाैजी केरा

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा राप्रपाको पृष्ठभूमि, शिक्षा प्रणाली सुधार, राष्ट्रिय पहिचान र संस्कृतिको संरक्षण तथा वर्तमान शैक्षिक नीतिमा देखिएका चुनौतीबारे छलफल तथा सुझाब संकलन गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

राप्रपाले शिक्षा र राष्ट्र निर्माणलाई आपसमा जोडेर नीति निर्माणमा सुझाव संकलन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.