डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने शेरबहादुरको संकेत !

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिने संकेत गरेका छन्।

पार्टीभित्रै अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी भएको उनले आफ्नै निकट नेताहरूसँग बताएका हुन्।

Ird
HARDIK AGRo NEw

कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार देउवाले चुनाव लड्ने इच्छा प्रकट गरेपछि डडेल्धुराबाटै सर्वसम्मत सिफारिस गर्ने तयारी पार्टी संगठनले थालेको छ।

यसैबिच, अघिल्लो साता सभापति देउवालाई भेटेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले ‘साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेका छन्, म उठ्छु’ भन्दै उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया दिएको बताए।

मंगलबार बिहान देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापतिबाट अन्तिमपटक चुनावमा उठ्ने स्पष्ट संकेत आफूहरूले पाएको प्रतिक्रिया दिएका छन्।

यससँगै कांग्रेसभित्र डडेल्धुरामा फेरि देउवाकै उम्मेदवारी पक्का हुने वातावरण बनेको कांग्रेस नेताहरू बताउँछन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.