डडेल्धुरामा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी कस्तो छ ?

dream cafe
learnar

डडेल्धुरा : प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा आगामी प्रतिनिधि सभा निर्वाचनको माहोल तीव्र बन्दै गएको छ।

अहिले जिल्लामा १०१ मतदान स्थल र १३९ मतदान केन्द्र रहेका छन्। २०७९ को निर्वाचनमा ९१ हजार २०१ मतदाता रहेको डडेल्धुरामा यसपटक १ हजार ८९२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टले जानकारी दिए।

Bohora madico

२०८२ असोज १० देखि मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता प्रक्रिया चलेको हो।

यसैबीच, जिल्लामा चार नयाँ मतदान स्थल थप्ने सिफारिस गरिएको छ। अजयमेरु–६ का डागेश्वरी आवि कानाकोट र भूमिराज आवि पिपलचौतारा नयाँ स्थानका रूपमा प्रस्ताव गरिएका छन्। यी स्थल थपिएपछि देवल माविको पुरानो मतदान स्थल हट्ने सम्भावना छ। त्यस्तै, नवदुर्गा–५ को चौडबान्नी र गन्यापधुरा–१ को असिग्राम आवि राउनाकोट पनि सिफारिस सूचीमा परेका छन्।

HARDIK AGRo NEw

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार मतदाता नामावली संकलनको काम सकिएको छ र आयोगमा पठाइसकिएको छ। ‘छिट्टै नामावली सार्वजनिक हुन्छ। त्यसपछि बसाइँसराइँ, मृत्यु र अन्य कारणले हुने थपघट प्रक्रिया अघि बढ्छ,’ अवस्थीले बताए।

जेन्जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाले निर्वाचन तयारीमा चुनौती थपेको कार्यालयको भनाइ छ। आन्दोलनमा कार्यालयका झ्याल–सिसा फुटाइएका, फर्निचर र कम्प्युटर उपकरण नष्ट गरिएका तथा दुई मोटरसाइकल समेत जलाइएका छन्।

उपकरण क्षति भएपछि कैलाली निर्वाचन कार्यालयबाट ल्याइएको एउटा र दुई वटा उधारोमा ल्याइएका कम्प्युटरमार्फत काम चलाइरहनु परेको अवस्थीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले निर्वाचन लक्षित सुरक्षा समितिको बैठक नियमितरूपमा बसिरहेको बताए।

‘माथिल्लो निकायबाट आवश्यक जनशक्ति र हतियार माग गरेका छौं। इन्सपेक्टरको नेतृत्वमा छुट्टै समिति बनाएर सुरक्षा तयारी अघि बढाइएको छ,’ उनले भने।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कोइरालाले निर्वाचन तयारी कागजी रूपमा धेरै अघि बढिसकेको बताउँदै म्यादी प्रहरी भर्ना प्रक्रिया समेत अघि बढेको जानकारी दिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.