डडेल्धुरामा प्रतिनिधि छनोट विवादित, प्रचार विभाग प्रमुखको भडास

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि डडेल्धुरामा गरिएको प्रतिनिधि छनोट विवादमा तानिएको छ।

जिल्ला कमिटीले पाँच प्रतिनिधि निर्विरोध रूपमा चयन गरेको घोषणा गरे पनि संगठनका प्रचार विभाग प्रमुख शुन्दर जैरुले सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि जनाएका छन्।

बोहरा मेडिको सेन्टर

खुल्ला, दलित, युवा र महिला गरी पाँच पदका लागि १० जनाको उम्मेदवारी परेकोमा सर्वसम्मतको नाममा आफूलाई ब्याक गराइएको आरोप उनले सार्वजनिक रूपमा गरेका छन्।

GBL NEW

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले ‘बटम लाइनको दम्भ’ भन्दै नेतृत्वमाथि कटाक्ष गरेका छन्।

उनले लेखेका छन्, ‘बटम लाइनमा परिएन छ हौ साथीहरू, असहमतिका बाबजुद पनि बटम लाइनको दम्भ आएछ। अबका दिन हेरौँ, बटम लाइनलाई बधाइ।’

दलित कोटाबाट प्रतिस्पर्धामा उत्रिएका शुन्दर जैरुको स्थानमा पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही प्रतिनिधि चयन भएका छन्।

खुल्लातर्फ गजेन्द्रबहादुर शाही, गजेन्द्र शाही युवातर्फ ज्ञानेन्द्रसिंह भाट र महिलातर्फ कृष्णा ओझालाई निर्विरोध भनिएको प्रक्रियामार्फत प्रतिनिधि घोषणा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.