
बैतडी : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बैतडीबाट युवा कलस्टरमा गोविन्द गिरी सर्वसम्मत चयन भएका छन् ।

उमेर हदबन्दीको कारण अनेरास्ववियुको नेतृत्वका लागि प्रतिस्पर्धा गर्न नपाएका अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष गोविन्द गिरी बैतडीबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

काठमाडाैंमा मंसिर २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनमा देशभरिबाट करिब २२ प्रतिनिधि हुनेछन् ।
जेन–जी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ ।



