एमाले महाधिवेशन : डडेल्धुराबाट पाँच प्रतिनिधि चयन हुँदै, दस उम्मेदवार मैदानमा (नामसहित)

dream cafe
learnar

डडेल्धुराः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि डडेल्धुराबाट १० जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले छानबिन पूरा गरी प्रकाशन गरेको अन्तिम नामावलीमा १० जनै उम्मेदवार समावेश भएका छन्।

Ird

प्रारम्भिक नामावलीमा परेको उजुरीहरूको अध्ययनपछि योग्यता नपुर्याउने र स्वेच्छिक रूपमा उम्मेदवारी फिर्ता लिनेहरूलाई हटाएर बाँकी उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।

HARDIK AGRo NEw

आगामी मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि डडेल्धुराबाट कुल पाँच प्रतिनिधि चयन हुनेछन्। खुलातर्फ दुई, महिलातर्फ एक, युवातर्फ एक र दलिततर्फ एक जनालाई प्रतिनिधि बनाउने व्यवस्था गरिएको छ।

प्रकाशित नामावलीअनुसार खुला क्षेत्रमा गजेन्द्र बहादुर शाही, गजेन्द्र शाही, दुर्गा गिरी र राम बहादुर शाही रहेका छन्। दलित क्षेत्रमा सुन्दर जैरु र चक्र प्रसाद स्नेही परेका छन्। युवातर्फ पुष्कर बहादुर देउवा, ओमप्रकाश जोशी र ज्ञानेन्द्र सिंह भाटको नाम समावेश छ। महिलातर्फ कृष्णा ओझाको उम्मेदवारी कायम रहेको समितिले जनाएको छ।

महिलातर्फ  ओझाको एकल उम्मेदवारी परेपछि उनी छनोट भइसकेकी छन्। प्रतिनिधि चयनका लागि भोलि उम्मेदवारी फिर्ता र पर्सि निर्वाचन हुनेछ।

र, यो पनि :

 एमाले डडेल्धुरामा ५ महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन तालिका प्रकाशित

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.