एमाले डडेल्धुरामा ५ महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन तालिका प्रकाशित

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुराले आगामी ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

डडेल्धुरा निर्वाचन कमिटीको आज (बुधबार) बसेको बैठकको निर्णयअनुसार महाधिवेशन छनोटको कार्यतालिका सार्वजनिक गरिएको हो।

बोहरा मेडिको सेन्टर

एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले कार्यतालिका अनुसार आज १० गते मतदाता नामावली प्रकाशन गरिएको जानकारी दिए।

उनका अनुसार उम्मेदवारी फाराम वितरण मंसिर ११ गते बिहान १० बजेबाट सुरु भई दिउँसो १ बजे सम्म चल्नेछ।

GBL NEW

सोही दिन उम्मेदवारी दर्ता गर्ने प्रक्रिया दिउँसो १ बजे देखि ३ बजेसम्म हुनेछ भने उम्मेदवारको नामावली प्रकाशन साँझ ४ बजे गरिनेछ।

उम्मेदवार दाबी विरोधको प्रक्रिया पनि सोही दिन साँझ ५ बजे सम्म सम्पन्न हुनेछ।

उम्मेदवारी फिर्ता प्रक्रिया मंसिर १२ गते मध्यान्ह १२ सम्पन्न हुनेछ र अन्तिम नामावली प्रकाशन सोही दिन दिउँसो १ बजे गरिनेछ।

मतदान प्रक्रिया मंसिर १३ गते बिहान ११ बजेबाट सुरु भई ३ बजे सम्म चल्नेछ। मतगणना मतदान सम्पन्न हुनासाथ गरिनेछ।

यस निर्वाचनमार्फत डडेल्धुराबाट ५ जना प्रतिनिधि चयन हुनेछन्, जसमा २ जना खुला, १ महिला, १ युवा र १ दलित प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.