भीम रावल र कर्ण मल्लको ‘मुलाकात’, के भयो छलफल ?

dream cafe
learnar

धनगढी : नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका राष्ट्रिय राजनीतिका पाका नेता डा. भीम रावल र नेपाली कांग्रेस (विपी)का नेता कर्णबहादुर मल्लबीच शुक्रबार धनगढीमा भेटवार्ता भएको छ।

नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएपछि पहिलोपटक सुदूरपश्चिम भ्रमणमा निस्कनु भएका डा. रावलसँग भेटघाट गर्न नेता कार्यकर्ताहरुको भिड लागेको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सुदूरपश्चिम प्रदेशसभाका पुर्व सदस्यसमेत रहेका विपी कांग्रेसका नेता मल्लले डा. रावलसँगको भेटघाटका क्रममा सुदूरपश्चिमबासीहरुको आशा जोगाएर चाँडै विद्यमान संकटबाट मुलुकलाई निकास दिन आग्रह गरेका छन।

सुदूरपश्चिममा वामआन्दोलनको अगुवाई गर्दै नेकपा (एमाले) को उपाध्यक्ष र मुलुकको उपप्रधानमन्त्री भएका नेता डा. रावललाई अध्यक्षमा प्रतिष्प्रर्धा गरेको प्रतिसोधमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निस्कासन गरेपछि मातृभूमी जागरण अभियान गठन गरेर क्रियासिल रहेका थिए।

अभियानले नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेको हो। सुदूरपश्चिमबाट लामो समयदेखि राष्ट्रिय राजनीतिमा क्रियासिल डा. रावलले मुलुकमा विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल र राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर अघि बढनुपर्ने औल्याएका छन।

भेटघाटका क्रममा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशस्तरीय नेता कार्यकर्ताहरुको पनि उपस्थिति थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.