प्रचण्डलाई रावलले ‘कपुत’ को संज्ञा दिएपछि गीता देवीको प्रहार : ‘बरेली उपचार गर्न तयारी अवस्थामा बस्नुस्’

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिममा एमाले–माओवादीबीचको वाकयुद्ध चुलिँदै गएको बेला माओवादी केन्द्रकी प्रमुख सचेतक गीता देवी माल (शुसिला)ले एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ‘बरेली उपचारका लागि तयारी अवस्थामा बस्न’ सुझाव दिएकी छन्।

अजयमेरु फाैजी केरा

कञ्चनपुरमा आयोजित एमाले जनसभामा रावलले तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कपुत, राष्ट्रद्रोही, भ्रष्टाचारी भन्दै तीखा आरोप लगाएको प्रतिक्रियामा मालले कडा सन्ट्याइँ गरेकी हुन्।

Amargadhi Education

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यत्ति धेरै मिथ्या आरोप लगाउने माननीयज्यू! यदि यस्तै थियो भने तपाईंको दुई–तिहाइ सरकार किन घोका सोइरेर बसेको थियो? किन कारबाही भएन? अब आरोप त लगाइहाल्नु भए छ क्यारे। पुष्टि पनी त गर्नु पर्ला नी नत्र भने बरेली उपचारको लागि तयारी अबस्थामा बस्नुहुन अनुरोध गर्दछु। हजुरका अन्य हर्कतहरू पनी धेरै दिनदेखी नेताको जस्तो होइन लेताको जस्तो देख्दैछु । दुख लागेर आयो छिटै उपचार गराउनु माननीय ज्यू।’

रावलले जनसभामा प्रचण्ड नेतृत्वले १७ हजार नेपालीलाई बलिबेदीमा चढाएको, सिंहदरबारमा आगजनी गरेको, र देशलाई सिक्किमीकरण–भुटानीकरणतर्फ धकेल्ने प्रयासगरेको आरोप लगाएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.