कुलमानको पार्टीमा डा. तारा जोशीलाई दोस्रो वरियता

dream cafe
learnar

डडेल्धुरा : ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङसँग आबद्ध उज्यालो नेपाल पार्टी मा डडेल्धुराका प्रदेशसभा–२ का स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशी पनि औपचारिक रूपमा आबद्ध भएका छन्।

पार्टी स्रोतका अनुसार उज्यालो नेपाल पार्टीले डा. जोशीलाई वरियता क्रम–२ मा राखेको छ।

Amargadhi Education

साउन २७ गते मानबहादुर तामाङ नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टी हाल पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठित हुँदै ५१ सदस्यीय कार्यसमितिको विवरण आयोगमा पेस गरिएको छ।

अजयमेरु फाैजी केरा

उक्त विवरण जितराम वाइबाले आयोगमा बुझाएको जानकारी दिएका छन्।

मन्त्री पदमै रहेका कुलमान घिसिङ भने हाल औपचारिक रूपमा कार्यसमितिमा नरहेका तर आगामी फागुन २१ गते तय प्रतिनिधि सभा निर्वाचन अघिदेखि सक्रिय नेतृत्व सम्हाल्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

आयोगमा पेस गरिएको अध्यावधिक सूचीमा डा. जोशी, प्रा. डा. महेन्द्र लावती, सञ्चारकर्मी रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, र टासी ल्हाजोम लगायतका नाम समावेश छन्।

पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि ‘बिजुलीको चिम’ चुनाव चिन्ह मागेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.