कैलालीमा जिपले दियो ठक्कर: एकको मृत्यु, तीन जना घाइते

dream cafe
learnar

धनगढी : कैलालीमा तरकारी बोकेको जिपले पैदल र साइकल यात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। दुर्घटना आइतबार बिहान साढे ५ बजे घोडाघोडी नगरपालिका–२, टनकपुरमा भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको जिपले सडक किनारमा रहेका साइक्लिस्ट र पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Bohora madico
HARDIK AGRo NEw

ठक्करबाट बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुरका ५५ वर्षीय शंकर डगौराको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। उनलाई गम्भीर चोट लागेपछि उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया–६ का ५४ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा घाइते भएका हुन्।

प्रहरीका अनुसार कृष्ण डगौराको अवस्था गम्भीर रहेको छ र उनीहरू सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न जिप र चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.