डोटीमा शिक्षिका जानकी मृत फेला, शिक्षा अधिकृत पक्राउ

dream cafe
learnar

डोटी: डोटीमा एक शिक्षिका मृत फेला परेकी छन्  सो घटनापछि शिक्षा अधिकृत पक्राउ परेका छन्।

प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

अजयमेरु फाैजी केरा

शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।

घटनापछि प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका रावलमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन्। पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद गरेर बसेका थिए। घटनाको प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.