बोहरा मेडिको सेन्टर

‘केपी बा’ लाई गौमुल कपको उपाधि

dream cafe
learnar

बाजुरा : गौमुल गाउँपालिकामा सम्पन्न ‘प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता–२०८२’ को उपाधि केपी बा स्पोर्टस् क्लब बाजुराले हात पारेको छ।

फाइनल खेलमा राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई पेनाल्टी सुटआउटमा हराउँदै केपी बा स्पोर्टस् विजयी बनेको हो।

CNA
GBL NEW

विजेता क्लबले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको राइजिङ स्टार क्लबले ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सम्मानमा स्थापना भएको क्लबले अहिलेसम्म एक दर्जनभन्दा बढी प्रतियोगितामा सहभागिता जनाएको छ।

प्रतियोगिताको पुरस्कार वितरण जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका थिए। कार्यक्रम क्रियटिभ यूथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

Ddl dental
Bajaj
Leave A Reply

Your email address will not be published.