देउवा र आरजू आज राति सिंगापुर जाने

dream cafe
learnar

धनगढी : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दै छन्।

श्रीमती डा.आरजू राणा देउवासहित सभापति देउवा राति ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा प्रस्थान गर्ने कार्यक्रम छ।

Ird
HARDIK AGRo NEw

भदौ २४ गतेको जेन जी विध्वंशको क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण गरी देउवा दम्पतीलाई घाइते बनाइएको थियो।

आगो लगाएर निवास खरानी बनाइएपछि उनीहरु झण्डै तीन साता सैनिक अस्पतालमा उपचाररत थिए।

हाल जावलाखेलस्थित ससुरालीमा बस्दै आएका देउवा असोज २८ गते काँग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक भए। सोही बैठकमा उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर अहिले उपचारको लागि सिंगापुर जान लागेका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.