बोहरा मेडिको सेन्टर

बालेन बिरोधि निकोलस रवि भेट्दै, बत्तिसपुतलीमा युवा भेला

dream cafe
learnar

धनगढी : आफूलाई समाजिक अभियन्ता दावी गर्ने डा. निकोलस भुसालले संविधान खारेजीको माग गर्दै आज युवा भेला गर्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो देशवासीलाई सम्बोधन गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै संविधान संशोधन सम्भव हुने बताइएपछि भुसाल समूह असन्तुष्ट बनेको हो।

CNA

जेन-जी प्रदर्शनमा सक्रिय देखिएका भुसाल विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका पक्षधर हुन्। उनले आफ्ना समर्थकहरूलाई आज दिउँसो ३ बजे बत्तिसपुतलीस्थित होटल तपसमा उपस्थित हुन आह्वान गरेका छन्।

Bohora ma 1

भुसाल समूहले अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन र जेन-जी प्रदर्शनका क्रममा भएको हत्याका दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै कात्तिक १४ गतेसम्मको अल्टिमेटम दिने निर्णय गरेको छ।

साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न भोलि नख्खु कारागार जाने तयारीमा रहेको जानकारी पनि दिएका छन्।

पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहप्रति आक्रामक बनेका भुसाल अन्तरिम सरकारमा आफू वा आफूसम्वद्ध व्यक्तिलाई मन्त्री बनाउन चाहेका थिए।

तर, प्रधानमन्त्री कार्की र मेयर साहले अटेनशन नदिएपछि असन्तुष्ट बनेका उनी सरकार नै विदेशी शक्तिबाट बनेको आरोप लगाउँदै आएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.