बोहरा मेडिको सेन्टर

जेनजी आन्दोलनपछि कांग्रेसमा आरजु सक्रिय !

dream cafe
learnar

धनगढी : जेनजी आन्दोलनमा आक्रमण भई सभापति शेरबहादुर देउवासँगै घाइते बनेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा अहिले अस्पतालमै रहँदै पार्टीभित्र सक्रिय भएकी छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग बढाइरहेका बेला आरजु नेताहरूलाई फोन गर्दै यस्तो घडीमा विशेष महाधिवेशनको कुरा गरेर घाउमा नुन नछर्कन आग्रह गरिरहेकी छन्।

CNA

उनले ‘सभापति स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, उहाँपछि पार्टीको नेतृत्वबारे छलफल गर्न सकिन्छ’ भन्दै नेताहरूलाई सहयोग गर्न आह्वान गरिरहेकी छन्।

आरजुले केही नेताहरूलाई ‘भोलिका उत्तराधिकारी तपाईंहरू नै हुनुहुन्छ’ भन्दै तत्काल देउवालाई असहज पार्ने कदम नचाल्न आग्रह गरेको खुलासा भएको छ।

Bohora ma 1

पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापति देउवा र आरजुसँग २४ गतेपछि पनि कुराकानी भएको सुनाए।

‘२३गते बेलुका त बूढानीलकण्ठमै कुरा गरेर निस्किएको हो। २४ गते त्यस्तो भइहाल्यो,’ उनले भने, ‘दुई दिनअघि (शनिबार) सन्चोबिसन्चो कुरा गरियो। पार्टीको समसामयिक विषयमा कुराकानी गरियो। पार्टीमा अहिले भइरहेको विशेष महाधिवेशनलगायत अन्य कुराको छलफल भयो।’

असोज ३ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो। उक्त बैठकको अघिल्लो दिन पनि आरजुले सभापति लड्नका लागि तयारी गरिरहेका, आफूलाई नै उत्तराधिकारी बनाइदिन भन्दै देउवाका धाइरहने नेताहरूलाई फोन गरेकी थिइन्।

आरजुले अर्का पूर्वपदाधिकारीलाई पनि उत्तराधिकारी तपाईं नै हो भनेकी छन्।

यसबीच कांग्रेसभित्र विशेष महाधिवेशनबारे तीव्र बहस चलिरहे पनि देउवा दम्पती सक्रियताले पार्टीभित्र शक्ति सन्तुलन कायम राख्न खोजिरहेको देखिन्छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.