रास्वपाद्वारा ‘अर्ली इलेक्सन’ को माग

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ।

HARDIK AGRo NEw

आज बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो।

Ird

बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वर्तमान सरकारको औचित्य पुर्णतस् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ। साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.