लाटागन्यापको ‘शिखर जात’ भदौ २० गते, गन्यापधुरामा बिदा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ स्थित महाभारत वनक्षेत्रको घना जंगलमा पर्ने प्रसिद्ध लाटागन्यापको ‘शिखर जात’ आगामी भदौ २० गते शुक्रबार राति लाग्ने भएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको राति लाग्ने यो धार्मिक मेला विशेष आस्था, परम्परा र गौरवसहित मनाइँदै आएको छ।

Amargadhi Education

जातमा सहभागी हुने भक्तजनले शिखरको गात ‘ठूलो ढुंगा’ पुग्नुअघि दूध, अगरबत्ती र फूलपाती चढाएर पूजा गर्ने परम्परा छ।

गणेपानी खोलामा हातखुट्टा धोएर यात्रालगायत पूजाआजा सुरु गर्ने चलन रहेको छ।

बिहान प्रस्थान गरेका भक्तजन बेलुकी करिब ७–८ बजे मात्र शिखरमा पुग्ने गर्दछन्।

शिखरमा गन्यापधुरा गाउँपालिकाका मालिगाउँ, रुमायल, जैसेरा र रेल गाउँसहित डोटीको थप्सा र बानी डुग्रेसैनबाट देउरो आउने परम्परा छ।

देउरो आउँदा दाइन, दमाहा र भोक्कर बजाउने गरिन्छ भने दमाहा बजाउने विशेष अधिकार दमाई जातिका व्यक्तिलाई मात्रै रहने मान्यता छ।

मेला भर्न आउने भक्तजनले एक साताअघि देखिनै शुद्ध खानेकुरा खान थाल्ने गर्छन्।

अजयमेरु फाैजी केरा

यसरी चोखो खाना खाई शुद्ध मनले सहभागी भएकाले मागेको वरदान पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको लाटागन्याप क्षेत्र विकास समितिले जनाएको छ।

समितिका अनुसार डडेल्धुरा, डोटी मात्र नभई सुदूरपश्चिम र देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

मेला अवधिभर देउडा, फाग, चैत र धुमारीजस्ता गीत गाइन्छन्, जसको विषयवस्तु लाटागन्याप देवताको गाथामा आधारित हुन्छ।

मेलामा माछा, मासु र मदिरा पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।

पौराणिक मान्यता अनुसार रुमायल गाउँका आदि पुरुष फुल भाटले पत्नीका साथ द्यौझालको जंगलमा तपस्या गर्दा भगवान् पहेँलो सर्पको रूपमा प्रकट भएका थिए।

फुल भाटकी पत्नीले सर्पलाई धानको भकारीमा राखेपछि उनको घरमा अन्नको अभाव कहिल्यै भएन भन्ने किंवदन्ती छ।

तर एकपटक शङ्काका कारण देवताको अपमान भएपछि सर्प शिखरको शिलामा पुगेर बिलीन भएको र त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको विश्वास रहिआएको छ।

आजसम्म पनि शिखरको ‘ठूलो ढुंगा’मा नागदेवताले हिँडेको छाप देख्न सकिने स्थानीयहरू बताउँछन्।

यसैबीच, मेलाको अवसरमा शुक्रबार गाउँपालिका पालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.