मातृत्वको खुसी देख्न नपाउँदै परशुरामकि भुवानीले प्राण त्यागिन्

dream cafe
learnar

डडेल्धरा : डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवानी पाण्डेय भट्टको सुत्केरीपछिको जटिलताका कारण निधन भएको छ।

साउन १३ गते साँझ सुत्केरी व्यथा लागेपछि राति ९:४५ बजे स्थानीय साँदनी स्वास्थ्य चौकीमा भर्ना भएकी भुवानीले साउन १४ गते बिहान ७:१८ बजे तेस्रो सन्तानका रूपमा छोरालाई सुरक्षित रूपमा जन्म दिएकी थिइन्।

Amargadhi Education

तर, प्रसूति प्रक्रियामा समस्या देखिएको थियो।

अजयमेरु फाैजी केरा

सालनाल समयमा नआएको र अत्यधिक रक्तस्राव भएपछि उनलाई तत्काल उपचारका लागि जोगबुडा अस्पताल रेफर गरिएको थियो।

जोगबुडामा आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।

त्यहाँ आइसियुमा राखेर उपचार भइरहेकै क्रममा आज बिहान करिब ११ बजे उनको निधन भएको वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर धामीले जानकारी दिए।

नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.