रञ्जिताद्वारा संसदीय दलका नेता गंगारामलाई २४ घन्टे स्पष्टीकरण

dream cafe
learnar

डडेल्धुरा : नागरिक उन्मुक्ति (नाउपा)को विवाद बढ्दो छ।

पार्टी संस्थापक समूहले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि उनले पनि संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन्।

Amargadhi Education

पार्टी संरक्षक रेशम चौधरी समूहको बुधबारको भेलाले रञ्जितालाई कारबाही गरेको थियो।

रञ्जिताले गंगारामलाई पार्टीको बैठक किन बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन्।

अजयमेरु फाैजी केरा

‘बिरामी परी उपचाररत रहेको अवस्थामा मेरो अनुपस्थितिमा बिना कुनै जानकारी विधान विपरीत तपाईंको नेतृत्व एवं सक्रिय संलग्नतामा साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकारभन्दा बाहिर गई बैठक बसी गैरकानूनी निर्णयहरू गरेको पाइएको विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने’ स्पष्टीकरण पत्रमा उल्लेख छ।

स्पष्टीकरण पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र चित्तबुझ्दो जवाफ दिन पनि उनले भनेकी छन्।

‘पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आधार कारणयुक्त एवं चिक्त बुझ्दो स्पष्टीकरण पेस गर्नुहोला,’ पत्रमा थप भनिएको छ, ‘अन्यथा पार्टीको विधान बमोजिम तपाईंलाई कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।’

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.