एमाले डडेल्धुराको  जिल्ला अधिवेशन फागुन ३० गते,  यी हुन् आकांक्षी

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमाले  डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन  फागुन ३० गते हुने भएको छ।

फागुन  अन्तिम  साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

अधिवेशन यहीँ फागुन ३० गते  परशुराम नगरपालिका- १२ स्थित परशुराम रङ्ग मैदानमा आयाेजना गर्ने निर्णय जिल्ला कमिटीकाे बैठकले गरिसकेकाे छ।

उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ।

अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वरप्रसाद ओझा (विपिन) ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ।

शाही एमालेका  जिल्ला संयोजक हुन्। स्नेही पूर्व राष्ट्रिय सभा सदस्य र अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्‍याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत हुन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.