सुदूरपश्चिमको बजेटमा सांसदलाई हिस्सा : प्रत्यक्षलाई ५, समानुपातिकलाई ३ करोड

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रत्यक्ष निर्वाचित प्रदेश सांसदलाई पाँच करोड र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई तीन करोड रुपैयाँका दरले बजेट विनियोजन गर्ने तयारी गरेको छ।

यसरी सांसदहरूका लागि झण्डै दुई अर्ब २३ करोड रुपैयाँ बजेट छुट्याउने तयारी भइरहेको छ।

Amargadhi Education

प्रदेश सभामा हाल ५३ जना सांसद छन्, जसमध्ये ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक प्रणालीबाट चयन भएका हुन्।

समानुपातिक सांसदहरूले आफूहरूलाई पनि प्रत्यक्ष निर्वाचित सरह पाँच करोड बजेट उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

अजयमेरु फाैजी केरा

प्रत्येक सांसदले आफूले पाउने बजेटअनुसारका योजना तयार गरी सरकारसमक्ष पेश गर्ने भएका छन्।

सांसदहरूले आफ्नै प्राथमिकता अनुसार योजना छनोट गरी सरकारलाई पठाउने प्रक्रिया अगाडि बढाएका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिकलाई दुई करोडका दरले बजेट विनियोजन गरेको थियो।

त्यसअनुसार सांसदहरूका लागि करिब एक अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

सांसदहरूले विगतदेखि नै योजनाको छनोट र बजेट विनियोजनमा अधिकार नपाएको भन्दै गुनासो गर्दै आएका छन्।

आफूहरू निरीह र अपमानित महसुस गर्नुपरेको भन्दै उनीहरूले पटक–पटक सरकारसँग बजेटको लागि लबिङ गर्दै आएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.