बोहरा मेडिको सेन्टर

डडेल्धुरामा माओवादी ‘फेसअफ’ : दल नेतामा ‘अडिएका’ खगराज, बन्लान् त नेता ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) ले आयोजना गर्न लागेको मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियान अन्तर्गत जेठ १ गते डडेल्धुरामा विशेष कार्यक्रम हुने भएको छ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार डडेल्धुराको कार्यक्रम अभियानको प्रमुख सुरुवाती चरणका रूपमा रहेको छ।

CNA

कार्यक्रमका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू डडेल्धुरा आउने भएका छन्।

जागरण अभियानको औपचारिक कार्यक्रम भए पनि यस यात्रालाई सुदूरपश्चिम संसदीय दलको नेतृत्व विवाद समाधानका लागि पनि ‘निर्णायक मोका’का रूपमा हेरिएको छ।

गत वर्ष १२ माघदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ।

GBL NEW

गत वर्ष माघमा बहुमत सासंदहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई बनाएका थिए।

संसदीय दलमा खगराज भट्ट र मानबहादुर धामीबीचको नेतृत्व विवाद अहिले ५–५ सांसदको बराबरीमा रोकिएको छ।

यसअघि धामी पक्षमा रहेका शिवसिंह ओली अहिले भट्ट पक्षमा आएपछि समिकरण बदलिएको हो।

प्रचण्डले आइतबार भट्ट पक्षका सांसदहरूसँग छलफल गर्दै डडेल्धुरामा सबै सांसद बोलाएर अन्तिम निर्णय गरिने बताएका थिए।

अब यही जेठ १ गतेको अभियान कार्यक्रम राजनीतिक रूपमा ‘दुई प्रयोजन’ बोकेको देखिएको छ, एकातिर अभियानमार्फत जनता बीच माओवादीको सन्देश पुर्‍याउने, अर्कोतिर आन्तरिक नेतृत्व विवादको टुंगो लगाउने।

पार्टीभित्र गुटबन्दी चुलिँदै गएको र नेतृत्व स्पष्ट नभए प्रदेशमा संगठन कमजोर हुने चिन्ताबीच डडेल्धुराको सभा माओवादी केन्द्रका लागि निर्णायक बन्नेछ।

कार्यकर्ताहरूले पनि यही दिन प्रदेशको राजनीतिक दिशा तय हुने आशा गरेका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.