धनगढीबाट बैतडी गइरहेको जीप डोटीमा दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

dream cafe
learnar

डोटी: डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटना भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नु पूर्व नै मृत घोषणा गरेका हुन्।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन्।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.