भीम रावलको इलाकामा लेखराजको ‘इन्ट्री’, एमाले अछामको अधिवेशन उद्घाटन गर्ने

dream cafe
learnar

अछाम : नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन भोलिबाट जिल्ला सदरमुकाम मंगलसेनमा सुरु हुँदैछ।

अधिवेशनको उद्घाटन पार्टीका सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्ने तय भएको छ।

GBL NEW

उनी आजै काठमाडौंबाट सुर्खेत हुँदै अछाम आइपुग्ने कार्यतालिका रहेको छ।

वैशाख १३ देखि १५ गतेसम्म सञ्चालन हुने अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, सचिव भीम रावल (कालोटोपी), डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवरजस्ता आकांक्षी अगाडि आएका छन्।

यद्यपि आकांक्षीहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अध्यक्ष पदमा सर्वसम्मति कायम गर्न छलफल र प्रयासहरू भइरहेको जनाइएको छ। अधिवेशनका लागि चार सय प्रतिनिधि चयन गरिएका छन्।

सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

तर, अछाममा पार्टी केन्द्रमै देखिएको विवादका कारण समयमै अधिवेशन हुन सकेको थिएन।

पूर्व उपाध्यक्ष डा. भीम रावलमाथिको कारबाहीपछि पहिलोपटक अछाममा अधिवेशन हुन लागेको हो।

अधिवेशनले एमाले अछामको सांगठनिक सुदृढीकरणमा नयाँ दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.