बोहरा मेडिको सेन्टर

ज्ञानेन्द्र शाही भन्छन् : पूर्वराजाको स्वागतमा आदित्यनाथको फोटो ओलीले राख्न लगाएका हुन्

dream cafe
learnar

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीले नै राख्न लगाएको आरोप लगाएका छन्।

शाहीले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको दाबी गरेका छन्।

CNA
GBL NEW

उनले लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्री ज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।’

नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि प्रधानमन्त्रीले नै उक्त कार्य गराएको शाहीको जिकिर छ।

उनले भनेका छन्, ‘नेपाली राष्ट्रिय झण्डासहितको झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि। विदेशीको एजेण्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ! माक्स, लेलिन, माओ कुन देशका हुन ?’

एक महिनाको पोखरा बसाइपछि हिजो काठमाडौं आएका पूर्वराजाको स्वागतमा भएको प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको ठूलो तस्बिरसमेत देखिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.