ठूला दलहरूको मनपरितन्त्रले देश संकटमा, वैकल्पिक शक्तिहरू असफल: कर्ण मल्ल

dream cafe
learnar

डडेल्धुरा: नेपाली काँग्रेस  वीपीका बरिस्ठ उपसभापति  कर्णबहादुर मल्लले वैकल्पिक राजनीतिक शक्तिहरूको उदय हुन नसक्दा ठूला राजनीतिक दलहरूको मनपरितन्त्र मौलाएको बताएका छन्।

आज मंगलबार जिल्ला सदरमुकाममा  नेपाली काँग्रेस (विपी) डडेल्धुराको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन्।

Amargadhi Education

संसदका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र एमालेको नेतृत्वमा शक्तिशाली सरकार गठन भए पनि आम नागरिकको जीवनस्तरमा सुधार ल्याउने र लोकतन्त्रको अनुभूति दिने काम हुन नसकेको उनले जिकिर गरे।

भ्रष्टाचारीलाई संरक्षण गर्न वर्तमान सरकार  गठन भएको कुरा सरकारका हरेक कृयाकलापबाट पुष्ठी भइरहेको दाबी उनको छ।

उनले लोकतान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रिय स्वाधिनता र राष्ट्रियता खतरामा परेकाले हरेक नेपालीले एकतावद्ध भएर मुलुक जोगाउन उभिनुपर्ने बेला आएको बताए।

अजयमेरु फाैजी केरा

उनले भने, ‘राजनीतिका नाममा नातावाद र परिवारवाद हावी हुँदा इमानदार राजनीतिकर्मीहरू पाखा लाग्न थालेका छन्। शीर्ष  नेताहरूका अधिनायकवादी कृयाकलापका कारण ठूला भनिएका राजनीतिक दलहरू प्रति जनवितृष्णा बढ्दै गएको  छ।  नयाँ राजनीतिक शक्तिहरूले पनि जनभावना अनुरुप काम गर्न नसक्दा मुलुकबासीहरूमा निराशा बढ्दै गएको छ।’

वीपी काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद भट्टले मुुलुकको सबैभन्दा पुरानो र ठूलो दल काँग्रेस पटकपटक सत्तामा पुग्ने र सो पार्टीका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि सात पटक मतदान गरेर विजयी गराउने डडेल्धुराबासीहरुको जीवनस्तरमा कुनै किसिमको सुधार आउन नसकेको बताए।

वीपी काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले सुदूरपश्चिम प्रदेश अथाह सम्भावनाले भरिपूर्ण भए पनि अझै अवकसित र अवशरविमुख रहनुका पछाडी नेताहरुमा दुरदर्शिताको अभाव रहनु मुख्य कारण भएको बताए।

निर्वाचित नेताहरूले राजधानी काठमाडाैंमा घर बनाउने र आफ्नो ठाउँलाई भुल्ने प्रवृति बढ्दै गएकाले यहाँको विकास ओझेलमा परेको दाबी गरे।

वीपी काँग्रेस डडेल्धुराका सभापति भरत नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी जिल्लास्तरीय नेता कार्यकर्ताहरूले जिल्लामा विकास निर्माणका कार्यक्रमहरु ठप्प रहेको र घुस नदिएर कुनै पनि काम हुन नसक्ने अबस्था रहेको गुनासो गरेका छन्।

वीपी काँग्रेससँग आवद्ध डडेल्धुराका नेता कार्यकर्ताहरूलाई सत्ता र शक्तिको आँडमा अन्याय भइरहेको बताउँदै संगठन सुदृढ बनाएर अन्यायका बिरुद्ध संघर्ष गनुपर्ने बेला आएको कार्यक्रमका सहभागीहरुले सुझाएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.