बोहरा मेडिको सेन्टर

स्ववियु चुनावका लागि काँग्रेसले तोक्यो कमान्डर, सुदूरपश्चिममा एनपी, अन्य को कहाँ ?

dream cafe
learnar

डडेल्धुरा : आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी एनपी साउदलाई दिएको छ।

पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघलाई जिताउने गरी कांग्रेसले साउदलाई जिम्मेवारी दिएको हो।

CNA
Bohora ma 1

महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचन आन्तरिक तयारीका लागि संयोजक बनाइएको छ।

पार्टीको केन्द्रीय कार्यालयबाट समन्वय र संयोजन गर्ने जिम्मेवारीमा केन्द्रीय सदस्य नानु बाँस्तोला छिन्।

यसैबीच, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई कोशी, सहमहामन्त्री महेन्द्र यादवलाई मधेश, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई बागमती प्रदेश, सहमहामन्त्री जीवन परियारलाई गण्डकी, नेता चन्द्र भण्डारीलाई लुम्बिनी र जीवनबहादुर शाहीलाई कर्णालीको जिम्मा दिइएको छ।

५ चैतमा त्रिविका आंगिकतर्फ ६२ र सम्बन्धनप्राप्त १ हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुँदै छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.