सुदूरपश्चिम सरकारभित्र आन्तरिक कलह: मुख्यमन्त्री शाह र देउवाबीच मतभेद

dream cafe
learnar

काठमाडौं : सत्ता हस्तान्तरण गर्ने समय नेटोकाटेको अनुमानका बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मुख्यमन्त्रीका दावेदार प्रकाशबहादुर देउवाबीच विवाद चर्किएको अनुमान लगाउन थालिएको छ।

गत साता कञ्चनपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहले आफूसंग असहमत मन्त्री, राज्यमन्त्रीले राजीनामा गरे हुन्छ मात्र भनेनन् त्यस्ता कर्मचारीले पनि सरुवा लिएर जाँदा हुन्छ भनेका थिए।

Ird

यो कुराले काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाह र कांग्रेस संसदीय दलमा बहुमत रहेको भनिएका देउवाबीच चर्को विवाद भएको चर्चा चल्न थालेको छ।

सरकारी कार्यक्रममा पत्रकार नबोलाएरै मुख्यमन्त्रीले बोलेको सो कुरा सरकारी मुखपत्र गोरखापत्र दैनिकमै छापिएपछि नेताबीच विवाद छ भन्ने चर्चा सर्वत्र चल्न थालेको हो।

HARDIK AGRo NEw

खासगरेर प्रकाश निकट सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले सहयोग नगरेपछि मुख्यमन्त्रीले राजीनामा र सरुवाको कुरा कोट्याएका हुन।

प्रकाश मुख्यमन्त्री शाहको पहिलो कार्यकालको १४ महिनासंगै सरकारमा थिए। सम्बन्ध निक्कै गहिरो थियो।

जव वाम गठवन्धन भएर समाजवादीका दीर्घबहादुर सोडारी ४ महिना मुख्यमन्त्री भए। त्यसपछि कांग्रेसले मुख्यमन्त्री पाउने र शाहले नै प्रकाशलाई सहयोग गर्ने बचन दिएको चर्चा चल्यो।

तर शाहले अन्तिम अवस्थामा दलको नेता छोड्न मानेनन्। यसो हुनुमा प्रकाशकी सहोदर काकी शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आफै मन्त्री हुने अवस्था आउनु र एनपी साउदले समेत प्रकाशविरुद्ध खेल खेल्नु रहेको बताइन्छ।

यति हुँदाहुँदै पनि दशैंपछि शाहले सत्ता हस्तान्तरण गर्ने सहमति भएको बताइन्छ तर सात महिना पुग्दा पनि छोड्न नमान्दा दरार आएको चर्चा छ।

मन्त्रिमण्डल गठन गर्दा मुख्यमन्त्री शाह छलफल गर्न प्रकाश देउवाको निवासमै गएका थिए तर एक घण्टा कुराइयो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.