गाउँपालिका अध्यक्षले भकुरे पूर्वसांसदका छोरा

dream cafe
learnar

पोखरा :  तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसद पदमबहादुर आलेका छोरा प्रभात आलेलाई कुटपिट गरेका छन्।

फागुन ७ गते राति भीमाद नगरपालिका–६ मालेबगरस्थित आफ्नै घरमा श्रेष्ठले ५७ वर्षीय आलेलाई कुटेका हुन्। श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत हुन्।

Ird 2

प्रभात आलेका अनुसार जग्गासम्बन्धी विवादका कारण आफूलाई कुटपिट गरिएको हो।

उनका भाइ विलासको जग्गा अध्यक्ष श्रेष्ठले ७ वर्षअघि किनेर प्लटिङ गरी बिक्री गरेका थिए।

Gbl Hard

त्यसबेला बाटो छोड्ने सहमति भए पनि कार्यान्वयन नभएपछि विवाद चुलिएको आलेले बताए।

उनले फोनमार्फत कुरा मिलाउने प्रयास गर्दा श्रेष्ठले घर आउन भनेको र पुग्ने बित्तिकै पीभीसी पाइपले कुटपिट गरेको आरोप लगाए।

श्रेष्ठले भने आफूलाई आलेले घरमै आएर कुटपिट गर्न खोजेपछि प्रतिकार गरेको दाबी गरे।

श्रेष्ठका अनुसार प्रभातले धम्क्याउँदै घर आउँछु भनेपछि आफूले भोलि कुरा गर्ने बताए पनि उनी जबरजस्ती घर छिरेर आक्रमण गर्न खोजे।

त्यसपछि आत्मरक्षाका लागि पाइपले हानेको श्रेष्ठको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.