वर्षमानपछि नारायणकाजी डडेल्धुरा आउँदै, केछ कार्यक्रम ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा (माओवादी केन्द्र) का  उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डडेल्धुरा आउने भएका छन्।

श्रेष्ठ फागुन ४ गतेदेखि भित्री मधेस अन्तर्गत परशुराम नगरपालिका-४ कटालमा अवस्थित भागेश्वर माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा स्वर्ण जयन्तीको उद्घाटन गर्न डडेल्धुरा आउन लागेका हुन्।

GBL NEW

नारायणकाजीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल (डायमण्ड)ले जानकारी दिए।

उनकाअनुसार कार्यक्रममा चर्चित गायक छत्र शाही  र काँजल जोशीलगाएत अन्य कलाकारको पनि प्रस्तुति रहने छ।

यसअघि माघ २३ गते डडेल्धुराको आलितालमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्न माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त आएका थिए।

पुन  फर्केपछि नारायणकाजी डडेल्धुरा आउन लागेका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.