बोहरा मेडिको सेन्टर

सोसल मिडियामा पार्टीबिरुद्ध लेख्ने नेकपा एसका नेता कार्यकर्ता नोटिसमा

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति बाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

Bohora ma 1

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेको उल्लेख गरेका छन् ।

CNA

विज्ञप्तिमा भनिएको छ, ‘बेलाबखत यस पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको यो महत्वपूर्ण पक्षलाई बिर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवसरलाई पद्धतिसंगत ढंगले उपयोग नगर्ने, पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियाहरुमा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पु¥याउने काम पनि छिटफुट रूपमा भइरहेको पाइएको छ ।’

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.