बोहरा मेडिको सेन्टर

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, सुदूरपश्चिममा को ?

dream cafe
learnar

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले सातै प्रदेशका लागि इन्चार्जहरू तोकेको छ।

कर सप्ताह २०८३

सोमबार बसेको पदाधिकारी बैठकले कोशी प्रदेशका लागि उपमहासचिव हरिबोल गजुरेल, मधेशका लागि उपमहासचिव मातृका यादव, बागमती प्रदेशका लागि सचिव हितमान शाक्यलाई प्रदेश इन्चार्ज तोकेको छ।

CNA

यसैगरी, गण्डकी प्रदेशका लागि सचिव दिनानाथ शर्मा, लुम्बिनीका लागि सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशका लागि स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिमका लागि उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

यस्तै, पदाधिकारी बैठकले विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मालाई इन्चार्ज तोकिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.