आफूविरुद्ध लेखिएको समाचार हटाउन सीडीओको धम्की, महासंंघको भत्सर्ना

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार प्रकाशनको बिषयलाई लिएर सिमाना न्युज डटकमबाट समाचार हटाउन लिखित निर्देशन दिएको प्रति नेपाल पत्रकार महासंघ केन्दीय समिति, सुदूरपश्चिम प्रदेश समिति र डडेल्धुरा शाखाले छुट्टाछुट्टै विज्ञप्ति निकाली कडा शब्दमा भत्र्सना गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आज एक विज्ञप्ति निकाल्दै सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

Amargadhi Education

महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल÷च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। महासंघ डडेलधुरा शाखाका अनुसार यही पुस १६ गते मंगलबार उक्त अनलाइनमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो। सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका छन्। प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको यो हर्कत अन्यन्त निन्दनीय छ, यो कदमलाई महासंघले प्रेस स्वतन्त्रता माथिको ज्यादतीका रूपमा लिएको छ। यस किसिमका हर्कतले संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पुग्नुका साथै लोकतान्त्रिक मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ। महासंघ प्रेसविरोधी यो हर्कतको कडा शब्दमा भत्र्सना गर्दछ। सञ्चारमाध्यमको संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहो¥याउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।’

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शान्ति सुरक्षाको प्रमुख निकायलाई पत्रकारको सुरक्षामा गम्भीर बन्न आग्रह गरेको छ।

अजयमेरु फाैजी केरा

महासचिव शिवराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘डडेल्धुराबाट प्रकाशन हुने सिमाना न्युज डटकममा प्रकाशित समाचारलाई लिएर डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले समाचार नै हटाउने गरि अनलाईन पोर्टललाई पठाएको पत्र प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको छ।

समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र त्यसमा पनि चित्त नबुझे कानूनी उपचारको बाटो खुला हुँदाहुँदै निर्देशनात्मक शैलीमा समाचार नै हटाउन पत्र पठाएर पत्रकारलाई दबाब दिनु नेपालको संविधान २०७२ ले दिएको पूर्ण प्रेस स्वतन्त्रताको हक विपरित रहेको महासंघको ठहर छ। त्यसैले जिल्ला स्थित शान्ति सुरक्षाको प्रमुख निकायलाई पत्रकारको सुरक्षामा गम्भिर बन्न आग्रह गर्दछौं।’

यसैबीच समाचार प्रकाशनको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय डडेल्धुराको लेटरहेडमै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सिमाना न्यूज डटकम, डडेल्धुरालाई समाचार न्यूज पोर्टल/च्यानलबाट हटाउन गरिएको लिखित आदेश प्रति नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव भीमबहादुर खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकको सुसूचित हुने अधिकार र आम नागरिकलाई सूचना दिने दायित्वबाट आमसञ्चार क्षेत्र कदापी पछि हट्न मिल्दैन्। समाचार लेखेकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले पत्रकारहरुलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका छन्। पदीय जिम्मेवारी विपरीत भएको यो कार्यले संघीय सरकारको प्रतिनिधीको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय एवं त्यसका पदाधिकारी पारदर्शी र स्वच्छ हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यता समेतको उपहास गरिएको महासंघ जिल्ला शाखाको ठहर छ। सार्वजनिक सञ्चार माध्यमलाई समाचार लेख्न निषेध गर्नेगरि गरिएको यो कार्यप्रति महासंघ आपत्ति प्रकट गर्दछ। महासंघ सञ्चार माध्यमलाई न्यूजपोर्टल÷च्यानलबाट समाचार हटाउन प्रमुख जिल्ला अधिकारीबाट भएको औपचारिक दवाबको यो घटनाप्रति गम्भीर हुन र आगामी दिनमा यस किसिमका कार्य नगर्न र दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं।’

यो पनि हेर्नुहोस् :

धरपकड गर्ने तयारीमा थिए सीडीओ, कार्यालय प्रमुखसँग केरकार

डडेल्धुरामा सीडीओ न्यौपानेमाथि असुलीको आरोप, राज्यमन्त्री खड्कासँग कनेक्सन !

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.