बोहरा मेडिको सेन्टर

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

dream cafe
learnar

डडेल्धुरा: उपचुनावअन्तर्गत बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–१ मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

CNA

भण्डारीले ११ हजार ६१२ मत पाउँदा सिंहले ११ हजार ३४६ मत ल्याएका छन्।

Bohora ma 1

नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८३१ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंह २ हजार ५१४ मत पाए।

निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

कांग्रेस उम्मेदवार अभिषेक पृथ्वीबहादुरकै छोरा हुन्।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.