बोहरा मेडिको सेन्टर

प्रधानमन्त्री प्रचण्डले भेटे स्वतन्त्र सांसद जोशी र नाउपा अध्यक्ष रञ्जिता

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले पहल थालेका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहेका कमल शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार बनाउन छलफल सुरू गरेका हुन्।

CNA
Bohora ma 1

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरेका छन्।

यस्तै प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र सांसद तारा जोशीसँग पनि शुक्रबार नै छलफल गरेका छन्।

‘म ढिला पुगेको हुनाले खासै धेरै कुरा गर्न पाइनँ,’ सांसद जोशीले भने, ‘नागरिक उन्मुक्ति पार्टीलाई एकै ठाउँमा ल्याउन प्रधानमन्त्रीले कोसिस गरिराख्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले), एकीकृत समाजवादीबीच छलफल हुँदा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.