अब स्वतन्त्र सांसद जोशी सुदूरपश्चिमको मुख्यमन्त्री, नाउपाको समर्थन !

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीले संकेत गरेको छ।

आज (बुधबार) पत्रकारसँग भएको भेटमा नागरिक उन्मुक्ति पार्टीका नेताले सो कुराको संकेत गरेका हुन्।

Bohora madico

काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले भोलि विश्वासको मत लिँदै छन्।

नाउपा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन जोशीलाई आग्रह समेत गरेका थिए।

उनले जोशीलाई मुख्यमन्त्री शाहले विश्वासको मत नपाए मुख्यमन्त्रीमा समर्थन गर्ने बताएका थिए। उनले काँग्रेस, नाउपा र स्वतन्त्र सांसद मध्ये एउटाले मुख्यमन्त्री हुनु पर्ने कुरामा जोड दिएका थिए।

HARDIK AGRo NEw

सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणमा नागरिक उन्मुक्ति निर्णायक रहेको छ।

नाउपकि अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन् भने सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न ह्विप जारी गरेका छन्।

नाउपा भित्रको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउनेमा शंका कायमै भएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ सदस्य छन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन्। काँग्रेसबाट निर्वाचित एक सांसदको भने निधन भएको छ।

सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन्। माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ। एमालेसहितको सरकारका लागि नागरिक उन्मुक्ति अनिवार्य हुन्छ।

कांग्रेस नेतृत्वको सरकारका लागि नाउपा, राप्रपा र स्वतन्त्र सांसदको आवश्यक पर्दछ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.