माधवकुमारको माग पूरा, नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

dream cafe
learnar

काठमाडौं : लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Ird
HARDIK AGRo NEw

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ।

यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो। लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.