एमाले बैतडीको जिल्ला अधिवेशन आज, पोखरेलले उद्घाटन गर्ने

dream cafe
learnar

बैतडी:  नेकपा एमालेको जिल्ला अधिवेशन आज सुरु हुँदैछ। पाटनमा आयोजना हुने नवौँ अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ।

Amargadhi Education

अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ।

अजयमेरु फाैजी केरा

अधिवेशनमा सबै वडाबाट ६ सयभन्दा बढी प्रतिनिधि छनोट भएको जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।

उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएको र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन्।

आगामी नेतृत्वका लागि नेताहरू आन्तरिक तयारीमा जुटिरहेको र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ।

अध्यक्षका लागि नरेश बिक, हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.