बोहरा मेडिको सेन्टर

डडेल्धुराका स्थानीय तहको पोषण कार्यक्रमको समीक्षा, बजेट अभाव मुख्य चुनौती

dream cafe
learnar

डडेल्धुरा : पोषण सुधारका लागि जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रम बजेट अभावको चुनौतीमा परेका छन्। योजनाअनुसार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक स्रोतसाधन नहुँदा पोषण सुधारका प्रयास अपेक्षित रूपमा अघि बढाउन नसकिएको पालिकाका प्रतिनिधिहरूले बताएका छन्।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२\८३ मा सञ्चालन गरिएका गतिविधि, उपलब्धि र चुनौतीको समीक्षा गर्ने क्रममा उनीहरूले बजेट अभावलाई प्रमुख समस्याका रूपमा उठाएका हुन्।

CNA

जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार आलिताल गाउँपालिकाको सभाहलमा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा सातवटै स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो पालिकामा भएका गतिविधि र कार्यप्रगति प्रस्तुत गरेका थिए।

Afano fm

कार्यक्रममा बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण र पोषणमैत्री वातावरण निर्माणका लागि भएका प्रयासबारे छलफल गरिएको थियो। सहभागीहरूले कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीसमेत प्रस्तुत गरेका थिए।

समीक्षामा पोषण सुधार स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ र महिला सशक्तीकरणसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको औँल्याइएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले पोषण कार्यक्रमको समीक्षा आगामी रणनीति निर्माण र स्थानीय तहबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर भएको बताए। स्वस्थ नागरिक निर्माणका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

उनले बालबालिकाको वृद्धि विकास तथा गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था सुधारका लागि भइरहेका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख अमृता ठडाली मगर, बहुक्षेत्रीय पोषण कार्यक्रमका सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रप्रसाद गिरी, प्रदेश नीति तथा योजना आयोगका प्रमुख धर्मानन्द गिरी, सातवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, कार्यक्रमका कर्मचारी तथा पत्रकारहरूको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिम्मतबहादुर सिंहले गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.