

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा फिजियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ ।

अस्पतालमा फिजियोथेरापी अधिकृत हाजिर भएपछि सेवा पुनः सुचारु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले शुक्रबार (मंसिर११ गते) सार्वजनिक सूचना जारी गर्दै फिजियोथेरापी सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।

