बोहरा मेडिको सेन्टर

रवि लामिछाने सुदूरपश्चिम आउँदै, धनगढीमा प्रशिक्षण

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुदूरपश्चिम आउने भएका छन् ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सभापति लामिछाने सुदूरपश्चिम आउन लागेका हुन् ।

CNA

रास्वपाको केन्द्रीय प्रशिक्षण विभागले मंसिर १२ देखि पुस २ गतेसम्म ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।

Afano fm

सोही कार्यक्रमअन्तर्गत लामिछाने आज (शुक्रबार) कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

सुर्खेतमा मंसिर १२ र १३ गते प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपछि लामिछाने सुदूरपश्चिम आउनेछन् ।

धनगढीमा मंसिर १४ र १५ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

प्रशिक्षण विभागका अनुसार कोशी प्रदेशको धरानमा मंसिर १७ र १८ गते, बागमतीको काठमाडौंमा मंसिर २० र २१ गते, लुम्बिनीको भालुवाङमा मंसिर २३ र २४ गते तथा गण्डकीको पोखरामा पुस १ र २ गते प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.